एपोलो हाइड्रोपावरले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति
२० माघ २०८२, मंगलवार १७:०६

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ २० गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो ।
कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।












