बुढानीलकण्ठमा मध्यराति आगलागी, ७ जनाको उद्धार
२१ माघ २०८२, बुधबार ०९:३७

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलस्थित नयाँबस्तीमा मध्यराति आगलागी भएको छ।
मंगलबार राति करीब पौने ११ बजेदेखि लागेको आगो विहान सवा १ बजेतिर काठमाडौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको हो। आगो लागेको स्थानबाट ७ जनाको सकुशल उद्धार गरिएको छ।
आगलागीका कारण कोठा भाडामा लिएर बसेका २ दर्जनको परिवार विस्थापित भएका छन्। विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहको छ।












