सुपरमाई हाइड्रोपावरद्वारा २० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद शेयर घोषणा

२१ माघ २०८२, बुधबार १०:२७

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद शेयर घोषणा गरेको छ।

बैठकले हाल कायम चुक्ता पूँजी ५३.५० करोडको २० प्रतिशत बोनस शेयर (कर बाहेक) र कर तिर्नका लागि मात्रै ५९ लाख २७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यसैगरी सोही बैठकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ।

यो लाभांश प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1770128803898

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*