नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भोलिदेखि सञ्चालन हुदै

२१ माघ २०८२, बुधबार १०:५७

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २२ (बिहीबार)देखि २५ माघसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यसहित हुन लागेको यो प्रदर्शनी ११औँ संस्करण हो ।

यो प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइएको छ । यस प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय बजारमा चलिआएका नवीनतम प्रविधि, सेवा तथा वस्तु नेपालमा भित्र्याउने अवसरसमेत प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्यालका सामग्री तथा सेवा पाउन सकिनेछ ।

यसबाहेक फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिंग्स, कन्स्ट्रक्सन केमिकल, पिभिसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर र सिमेन्ट तथा स्टिललगायत निर्माणजन्य सामग्री पनि प्रदर्शनीमा उपलब्ध हुनेछन् । निर्माण क्षेत्रमा आबद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायकजस्ता सम्पूर्ण पक्षलाई समेटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*