सुनको मूल्यमा भारी वृद्धि, बुधबार प्रतितोला कति ?
२१ माघ २०८२, बुधबार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुन आज तोलामा १४ हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।












