प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा आयोजित बीमा सचेतना कार्यक्रम सम्पन्न

२१ माघ २०८२, बुधबार ११:२०

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आयोजना गरेको बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । आइतबार वालिङ नगरपालिका वडा नं १ खहरे स्याङ्जामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खहरे आमा समुहमा आवद्ध स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य वालिङ खहरे क्षेत्रका आमा समूहका सदस्यहरूलाई बीमा सम्बन्धी जानकारी प्रदान गर्नुका साथै लघु बीमाको परिचय र यसको महत्व बुझाउनु रहेको थियो। साथै लघुबीमाले उक्त समुदायमा बसोबास गर्ने मानिसहरुका दैनिक जीवनका जोखिमहरुलाई व्यवस्थापन गर्न कसरी सहजीकरण गर्छ भन्ने बारेमा सहजीकरण गराउनु समेत कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

आइतवारका दिन प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड उपशाखा कार्यालय पोखरामा कार्यरत कर्मचारीहरु तथा वालिङ नगरपालिका वार्ड नं १ स्याङ्जामा रहेको खहरे आमा समूहसँग आवद्ध महिलाहरु सहितको उपस्थितिमा एक दिने बीमा सम्बन्धी सचेतना कार्यक्रममा सञ्चालन भएको थियो ।

परिचयात्मक तथा स्वागत कार्यक्रमबाट सुरुभएको उक्त सचेतना कार्यक्रममा कम्पनीको पोखरा उपशाखामा कार्यरत शाखा प्रवन्धक महेन्द्र ढुङ्गानाले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको बारेमा जानकारी दिदै बीमाको आवश्यकता तथा महत्व, कम्पनीले सञ्चालनमा ल्याएका लघु बीमा योजनाहरू, दुर्घटना तथा स्वास्थ्य बीमाको महत्व, साथै बीमा दाबी प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई छलफलमा सहभागी गराइएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा कम्पनीको तर्फबाट सहभागी अन्य कर्मचारीहरुले पालै पालै आफ्नो विचार व्यक्त गरेका थिए । वालिङ नगरपालिका १ खहरे स्वाङ्जामा रहेको खहरे आमा समूहसँग आवद्ध महिलाहरु सँगको १ दिने बीमा सचेतना कार्यक्रम तथा उक्त समयमा भएको छलफलबाट ग्रामीण समुदायमा बीमाको आवश्यकता र सम्भावना स्पष्ट रूपमा देखाएको छ ।

निरन्तर सचेतना, सरल सेवा तथा समूहमा आधारित योजनामार्फत खास गरी लघुबीमाको पहुँच विस्तार गर्न सकिने निष्कर्ष निकालिएको छ । यस सिकाईको आधारमा कम्पनीले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*