साढे २४ लाखको हात रित्तो हुने भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ?

२१ माघ २०८२, बुधबार ११:२६

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँड अर्को साता गर्ने तयारी गरी रहेको हो ।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो ।

कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओ ८३ हजारले मात्रै १०।१० कित्ताका दरले पाउनेछन् । जसमा साढे २४ लाखभन्दा बढीको हात रित्तो हुनेछ ।

यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा। खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*