४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

२१ माघ २०८२, बुधबार १५:२०

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा बुधबार विभिन्न सेक्टरका ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कालिन्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर र आँखु खोला जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, बिन्द्यावासीनी हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*