इन्जिन फेल भएको टर्किसको जहाज कलकत्तामा सकुसल अवतरण, २३६ यात्रु सुरक्षित

२१ माघ २०८२, बुधबार १६:२३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दायाँ इन्जिनमा समस्या देखिएको टर्किस एयरलाइन्सको जहाज भारतको कलकत्तामा सकुशल अवतरण गरेको छ।

टर्किसको टीके–७२७ उडान नम्बरको ए–३३३ जहाज बुधबार दिउँसो १ बजेर १९ मिनेटमा इस्तानबुलका लागि उडेको थियो। उडान लिएको करिब दुई मिनेटमै दायाँ इन्जिनमा आगो देखिएपछि जहाजले केही समय आकाशमै होल्ड गर्दै सुरक्षित विकल्पको खोजी गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा एउटा इन्जिन पूर्ण रूपमा सञ्चालनयोग्य रहेकाले चालक दलले कलकत्ता डाइभर्ट गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*