कामना सेवाको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड

२१ माघ २०८२, बुधबार १६:४३

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँड माघ २१ गते सम्पन्न भएको छ। बाँडफाँड प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंको प्राङ्गणमा सम्पन्न गरिएको हो।

बैंकले ३५ करोड बराबरको उक्त अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गरेकोमा माग उल्लेखनीय देखिएको छ। बैंकका अनुसार शेयरका लागि १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको छ ।

परिपत्र विधिमार्फत निष्काशन गरिएको उक्त शेयर माघ १२ गतेदेखि १५ गतेसम्म संस्थागत लगानीकर्ताहरूका लागि खुला गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*