स्वावलम्बन लघुवित्तको नाफा दोब्बरले बृद्धि, अधिकांश सूचकमा प्रगति

२२ माघ २०८२, बिहीबार ०९:०९

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफामा दोब्बरभन्दा बढीले वृद्धि भएको हो।

कम्पनीले गत आवको पुस मसान्तसम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ११३.८६ प्रतिशतको वृद्धि सहित १७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ८० करोड १ लाख रुपैयाँबाट १८.८३ प्रतिशतले बढेर ९५ करोड ७ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ९४ करोड ३९ लाख रुपैयाँबाट १८.९२ प्रतिशतको वृद्धि सहित १ अर्ब १२ करोड २४ लाख रुपैयाँ नाघेको छ।

यसरी गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएपछि सोही अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ११ करोड ५२ लाख रुपैयाँबाट ११४ प्रतिशतको उछाल सहित २४ करोड ६५ लाख रुपैयाँ नाघेको तथ्यांकले देखाएको छ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४.८७ रुपैयाँबाट वृद्धि भई १९.७८ रुपैयाँ पुग्दा खराब कर्जा पनि ८.२८ प्रतिशतबाट बढ्न गई ११.७७ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१८.५३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.४८ गुणा रहेको छ।

चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडामा १७ करोड ११ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ। कम्पनीले झण्डै २३ अर्ब कर्जा प्रवाह गरी झण्डै १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। पुस मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २५ अर्ब २३ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*