हकप्रद निष्काशनका लागि बुद्ध भूमी नेपालले तोक्यो बूक क्लोजको मिति

२२ माघ २०८२, बिहीबार १०:५४

काठमाडौं । बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएसँगै बूक क्लोजको मिति तय गरेको छ।

नेपाल धितोपत्र बोर्डले हिजो माघ २१ गते मात्रै कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि अनुमति दिएको थियो।

अनुमति पाए लगत्तै कम्पनीको माघ २१ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको हो। तसर्थ माघ २९ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै यस कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*