सानिमा बैंकको एटिएम र मोबाइल बैंकिङ्ग अवरुद्ध हुने
२२ माघ २०८२, बिहीबार ११:३०

काठमाडौँ । सानिमा बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटिएम, मोबाइल बैंकिङ्गलगायत पस, इ–कम सेवा अवरुद्ध हुने भएको हो ।
माघ २३ गते र माघ २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुने जनाइरहेको छ ।













