उदयपुर सिमेन्ट देशको मेरुदण्ड, राज्यले संरक्षण गर्नैपर्छ: बालेन्द्र शाह

२२ माघ २०८२, बिहीबार १२:२०

काठमाडौँ । झापा–५ बाट प्रतिनिधि सभाको निर्वाचनमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुर सिमेन्टलाई देशको मेरुदण्ड भएको बताएका छन्। उनले उदयपुर सिमेन्टको गेट देखिने गरी आफ्नो तस्बिर राख्दै उद्योगप्रति आफ्नो दृष्टिकोण व्यक्त गरेका हुन्।

उनले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्ने बताएछन् । उनले लेखेका छन्, ‘उद्योगहरू देशको मेरुदण्ड हुन । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्न पर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*