सुनसरीमा नक्कली नोटसहित २५ वर्षीय युवक पक्राउ, २८ थान एक हजार दरका नोट बरामद

२२ माघ २०८२, बिहीबार १३:५७

काठमाडौँ । हरिनगर गाउँपालिका–१ स्थितबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० का २५ वर्षीय बहिस मियाँ रहेका छन्। प्रहरीले जानकारी दिएको अनुसार, मियाँले माघ २१ गते राति हरिनगर–१ स्थित एक किराना पसलमा सामान खरिद गर्दा नक्कली नोट दिएका थिए।

पसलधनीको सूचना अनुसार प्रहरी चौकी भुटाहाबाट खटिएको टोलीले मियाँलाई नियन्त्रणमा लिई शरीर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट नक्कली नोट बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले मियाँमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*