‘एक्सचेन्ज टु अपग्रेड’ क्याम्प: चार दिनसम्म देशभर ओमोडामा आकर्षक अफर

काठमाडौँ। नेपालका लागि ओमोडा एण्ड जेइकाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले देशभरका ग्राहकहरूको लागि ‘एक्सचेन्ज टु अपग्रेड’ नामक विशेष एक्सचेन्ज क्याम्प घोषणा गरेको छ। यो कार्यक्रम आगामी फेब्रुअरी ६ देखि ९, २०२६ सम्म चार दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ग्राहकहरूले आफ्ना पुराना सवारी साधनहरू साटेर उत्कृष्ट सेगमेन्टका ओमोडा तथा जेइकाको विद्युतीय सवारी साधनहरू खरिद गर्न सक्नेछन्।
एसपीजी अटोमोबाइल्सले बुकिङ गर्ने ग्राहकका लागि नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बिमा र प्रत्येक बुकिङमा ‘एमआई’ फोनको सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराउने घोषणा गरेको छ। साथै, एक भाग्यशाली जोडीलाई बम्पर उपहार स्वरूप चीन भ्रमणको अवसर पनि प्रदान गरिनेछ।
हाल नेपाली बजारमा ओमोडा एण्ड जेइकाका तीनवटा मोडेल उपलब्ध छन्। ओमोडा ई५ को मूल्य ५४.९९ लाख रुपैयाँ, जेइका जे५ को मूल्य ५६.९९ लाख रुपैयाँ र जे६ को मूल्य ६५.९९ लाख रुपैयाँ तोकिएको छ। यी सवारी साधनहरू उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, लामो रेन्ज र सुरक्षा विशेषताका लागि परिचित छन्।
नेपालमा ओमोडा, जेइका र आइकोर ब्रान्डका आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नेपालको हरित ऊर्जा रूपान्तरणमा योगदान पुर्याउँदै उच्च गुणस्तरीय र दिगो विद्युतीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।












