बैतडीमा जन्ती बस दुर्घटनाः १३ जनाको मृत्यु, ३४ जना घाइते
२३ माघ २०८२, शुक्रबार ०७:४९

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीबार राति एउटा जन्ती बस दुर्घटना हुँदा १३ जना मानिसको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी ३४ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पुर्चाैडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस राति करीब ८ बजेतिर पुर्चाैडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट झण्डै १५० मिटर तल खसेको छ। बेहुला बेहुली भने अर्कै गाडीमा रहेकाले सकुशल रहेको प्रहरीले बताएको छ।












