प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमा आवेदन माग (सूचना सहित)
२३ माघ २०८२, शुक्रबार ०८:५०

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी विभिन्न पदमा १०० जनाबाट आवेदन माग गरेको छ।
परिषदले वरिष्ठ प्रशिक्षक, वरिष्ठ विद्युत प्रशिक्षक, शाखा अधिकृत, लेखा अधिकृत, कानून अधिकृतदेखि कार्यालय सहायक, सहलेखापाल, मेकानिकल प्रशिक्षण सहायकसम्मका विभिन्न पदहरूमा आवेदन माग गरेको हो।
तोकिएको पूरा योग्यता भएका इच्छुक नेपाली नागरिकले आउँदो फागुन २३ गतेभित्र र दोब्बर दस्तूर तिरी फागुन ३० गतेभित्र परिषदको अनलाई वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।














