नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन
२३ माघ २०८२, शुक्रबार ०९:५०

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस शेयरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले ३ प्रतिशत बोनस शेयरको शेयर मूल्य समायोजन हुँदै प्रतिकित्ता ६३५.८३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६५४.९० रुपैयाँ कायम थियो ।
आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।












