मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा ८ करोड, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्ता ?

२३ माघ २०८२, शुक्रबार १०:०१

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीका अधिकांश सूचक सकारात्मक गतिमा गइरहेको देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुष मसान्तसम्मको अपधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.६८ प्रतिशत बढेर २५ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कुल नाफा २.५६ प्रतिशत बढेर २४ करोड ३७ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी ७६ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग ११ करोड २८ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८ पैसा बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ। यता, कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*