स्वाभिमान लघुवित्तको नाफा ४३.८३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति

२५ माघ २०८२, आईतवार ०९:४६

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको नाफा, आम्दानी लगायतका सूचकमा उल्लेख्य प्रगति देखिएको हो।

कम्पनीको खुद नाफा गत आवको पुस मसान्तसम्म २ करोड ३ लाख रुपैयाँ रहेकोमा त्यसको तुलनामा चालू आवमा ४३.८३ प्रतिशतले बढेर २ करोड ९२ लाख रुपैयाँ पुगेको वित्तीय विवरण देखाएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ७ करोड १३ लाख रुपैयाँबाट ६१.५३ प्रतिशतले बढेर ११ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८ करोड ६५ लाख रुपैयाँबाट ६७.७५ प्रतिशतले बढेर १४ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा उल्लेख्य मात्रामा वृद्धि भएपछि कम्पनीको सञ्चालन नाफा पनि समीक्षा अवधिमा २ करोड ९० लाख रुपैयाँबाट ४३.८३ प्रतिशतले वृद्धि भई ४ करोड १७ लाख रुपैयाँ नाघेको तथ्यांकले देखाएको छ। कम्पनीले इम्पेयरमेन्ट चार्ज बापत १ करोड १४ लाख रुपैयाँ छुट्याएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २७.८३ रुपैयाँबाट बढेर ३८.११ रुपैयाँ पुगेको छ भने निष्क्रिय कर्जा ३.४२ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २०६.१८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.०८ गुणा र तरलता अनुपात १०.४४ प्रतिशत रहेको छ।

चुक्ता पूँजी १५ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडामा ७ करोड ४५ लाख रुपैयाँ र रिजर्भमा ८ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। पुस मसान्तसम्म आइपुग्दा कम्पनीको कुल सम्पत्तिको मूल्य ३ अर्ब ४१ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*