बन्दिपुर केवलकारका म्युचुअल फण्ड शेयरको लक-इन सकिँदै

२५ माघ २०८२, आईतवार १४:२५

काठमाडौँ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्ट्याइएको साधारण शेयरको ‘लक–इन’ अवधि सकिन लागेको जानकारी दिएको छ। कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराउँदै आगामी फागुन २९ गतेदेखि उक्त शेयरको लक–इन अवधि समाप्त हुने जनाएको हो।

कम्पनीका अनुसार २०८२ भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको साधारण शेयर २०८२ भदौ ३० गते बाँडफाँट भएको थियो। बाँडफाँट गरिएको कुल ५८ लाख ६० हजार कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख ९३ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो।

धितोपत्र बोर्डको नियमावलीअनुसार सामूहिक लगानी कोषलाई छुट्ट्याइएका शेयर बाँडफाँट भएको मितिदेखि कम्तीमा ६ महिनासम्म बिक्री गर्न नपाइने लक–इन व्यवस्था छ। सोही प्रावधानअनुसार २०८२ भदौ ३० मा बाँडफाँट भएको उक्त शेयरको लक–इन अवधि २०८२ फागुन २९ गते (मार्च १३, २०२६) मा समाप्त हुनेछ।

लक–इन अवधि सकिएसँगै सामूहिक लगानी कोषहरूसँग रहेको २ लाख ९३ हजार कित्ता साधारण शेयर दोस्रो बजारमा कारोबारका लागि खुला हुने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*