तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता मालामाल
२५ माघ २०८२, आईतवार १५:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आइतबार विभिन्न सेक्टरका ८५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सुपरमाई हाइड्रोपावर, रिदी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, हिमालयन हाइड्रोपावरको ५.३९ प्रतिशत, जोशी हाइड्रोपावरको ४.४९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













