जीवन विकास लघुवित्तको नाफा ८९ प्रतिशत बढ्यो, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) प्रकाशित गरेको छ। सो अनुसार कम्पनीको नाफा सहितका अधिकांश सूचकहरूमा उत्साहजनक वृद्धि देखिएको हो।
गत आवको पुस मसान्तसम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ८९.३७ प्रतिशतको वृद्धि सहित ३८ कराड ९० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।
आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी समीक्षा अवधिमा ९४ करोड ८१ लाख रुपैयाँबाट ९.७६ प्रतिशतले बढेर १ अर्ब करोड ४ करोड ६ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब १२ करोड ४३ लाख रुपैयाँबाट ६ प्रतिशतले बढेर १ अर्ब १९ करोड २० लाख रुपैयाँ नाघेको छ।
आम्दानीमा वृद्धि आएको कारण समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि २९ करोड ३४ लाख रुपैयाँबाट १३९.३१ प्रतिशतको भारी वृद्धि सहित ७० करोड २३ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ। आम्दानी र मुनाफामा वृद्धि भएपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि ३०.४९ रुपैयाँबाट बढेर ५०.६५ रुपैयाँ कायम हुन पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.५६ प्रतिशतबाट बढेर ५.९८ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ३९ लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ २६६.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.९२ गुणा र तरलता अनुपात ९.९२ प्रतिशत रहेको छ।
चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडामा १ अर्ब १० करोड ३९ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ रहेको छ। कम्पनीले १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ३९ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य ३१ अर्ब ३५ करोड ५८ लाख रुपैयाँभन्दा माथि रहेको छ।












