कोशी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन (सूचना सहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशी प्रदेश, विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायक स्तर चौथो तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी भारी संख्यामा विज्ञापन खुलाएको छ।
आयोगले प्राविधिकतर्फ असिस्टेन्ट सब इन्जिनियर, खा.पा.स.टे, अमिन, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिक, नायव पशु सेवा प्राविधिक, अ.हे.ब, अ.न.मी, वैद्य, ल्याब असिस्टेन्ट पदहरूमा र अप्राविधिकतर्फ खरीदार, सह लेखापाल, सहायक महिला विकास निरीक्षक पदहरूमा भारी संख्यामा विज्ञापन खुलाएको हो।
तोकिएको योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आवेदन आउँदो फागुन १७ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २४ गतेसम्म दिन सकिनेछ।













