कावासोतीमा तीनवटा मोटरसाइकल एक आपसमा ठोक्किए, एक जनाको मृत्यु

२६ माघ २०८२, सोमबार १०:३४

काठमाडौँ । नवलपुरको कावासोती नगरपालिका–१४ अग्यौलीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा गएराति ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरका तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका देवचुली नगरपालिका–१७ निवासी २८ वर्षीय ओम प्रकाश खोजवारलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अन्य दुई जना भने सामान्य घाइते रहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*