नेपाल टेलिकमको प्रिपेड ग्राहकले अब अनलाइनमै केवाईसी अपडेट गर्न सक्ने

२६ माघ २०८२, सोमबार १४:३०

काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले अब आफ्ना व्यक्तिगत विवरण (केवाईसी) अनलाइनमार्फत सहजै अपडेट गर्न सक्ने भएका छन्। कम्पनीले ग्राहकको सुविधा बढाउन यस्तो व्यवस्था गरेको जनाएको छ।

टेलिकमका अनुसार, यस सुविधा परीक्षण गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट शुभारम्भ गरिएको थियो। कम्पनीले २२औं वार्षिकोत्सवको अवसर पारेर २०८२ माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने जनाएको छ।

यसअनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउन आवश्यक भएका ग्राहकहरुले कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np/ मार्फत आवश्यक विवरण भर्न सक्नेछन्। यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त OTP राखेर व्यक्तिगत विवरण र आफूले बढी कल गर्ने पाँचवटा मोबाइल नम्बर समेत प्रविष्ट गर्नु पर्नेछ।

सबै विवरण भरेपछि प्रमाणीकरणको लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि कम्पनीको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अपडेट गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*