विदेश पठाइदिने प्रलोभनमा ६८ लाख ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ

२६ माघ २०८२, सोमबार १७:२६

काठमाडौं । वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

प्रहरीले ३२ वर्षीय बद्री सिलवाललाई विभिन्न व्यक्तिबाट करिब ६८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको हो। उनी चितवनको राप्ती नगरपालिका–२ का बासिन्दा हुन्।

प्रहरीका अनुसार सिलवालले ह्याप्पी एजुकेशन कन्सल्टेन्सीको खातामार्फत दुई जना विद्यार्थीबाट २१ लाख ७० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ। त्यसैगरी, नाम परिवर्तन गरी अन्य विद्यार्थीहरूबाट समेत १२ लाख ४० हजार रुपैयाँ असुलेको खुलेको छ।

यसैगरी, चितवनमा ह्याप्पी एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै चार जनालाई सर्बियामा कामदार भिसामा पठाइदिने भन्दै २१ लाख ९० हजार ५ सय रुपैयाँ ठगी गरेको तथ्य पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले सिलवालमाथि ठगीसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*