अप्पर रिचेत हाइड्रोपावरले ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

२७ माघ २०८२, मंगलवार १३:००

काठमाडौँ । २ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अप्पर रिचेत हाइड्रोपावर प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

अप्पर रिचेत हाइड्रोपावर प्रालि र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल कायम रहेको ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर आईपीओमार्फत सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ। आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले निकट भविष्यमै आफूलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्ने तथा क्रेडिट रेटिङसम्बन्धी प्रक्रिया पनि अघि बढाएको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*