रामेछाप बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो

२७ माघ २०८२, मंगलवार १६:२४

काठमाडौँ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका छन् ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बागमती प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*