छोरीको जन्मोत्सवमा सन नेपाल लाइफको बीमा उपहार

काठमाडौं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१२ कैलालीका एक दम्पत्तिले आफ्नो छोरीको दोस्रो जन्मोत्सवको अवसरमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका छन्।
धनगढी बस्ने लाल बहादुर कुँवरका दम्पत्तिले आफ्नो छोरी आयाङ्का कुँवरको दोस्रो जन्मोत्सवमा फजूल र देखावटी खर्च गर्नुको सट्टा बचत पनि हुने र भविष्यमा आइपर्न सक्ने जोखिमको वित्तीय बहन पनि हुने भन्दै बीमा पोलिसी उपहार स्वरूप दिएका हुन्।
कुँवर दम्पत्तिले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जोगबुढा कार्यालयसँग समन्वय गरी छोरी आयाङ्का कुँवरलाई ६ लाख रुपैयाँको सुनौलो बाल समृद्ध सावधिक जीवन बीमा उपहार दिएका हुन्। बीमा पोलिसी सन नेपाल लाइफकी अभिकर्ता खिना कुमारी कुँवर मार्फत दिइएको हो।
पछिल्लो समय न्वारन, अन्नप्राशन, जन्मोत्सव व्रतबन्ध, विवाह, वर्षगाँठ जस्ता पर्वहरूमा अनावश्यक खर्च गरी क्षणिक र देखावटी उपहार दिनुको सट्टा जोखिम रक्षावरण पनि हुने र बचन पनि हुने जीवन बीमा पोलिसी उपहार दिने चलन फैलिंदै गइरहेको छ।
अझ बालबालिकाको सानै उमेरमा बीमा गरिदिंदा सानैदेखि बचत गर्ने बानीको विकास पनि हुने र भविष्यमा केही भइहालेमा जोखिम रक्षावरण हुनुका साथै पढाई खर्चमा पनि ठूलो मद्दत पुग्ने भएकाले अहिलेका अभिभावकहरूमा बीमा पोलिसी उपहार दिने चलन लोकप्रिय बन्दै गइरहेको छ।












