रिडी पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
२८ माघ २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा बुधबार रिदी पावर कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आँखुखोला जलविद्युतको ६२ करोड १३ लाख रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ५८ करोड ७६ लाख रुपैयाँ, एसवाई प्यानलको २७ करोड ४९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













