दोस्रो त्रैमाससम्ममा नेपाल इन्स्योरेन्सको ब्यवसाय ५२ करोड, अन्य सूचकमा कस्तो छ प्रगति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको मुनाफा ४९ करोड ५८ लाख रुपैयाँ पुगेको हो । जेन जी आन्दोलन र बाढी पहिरोले गरेको असरकाबीच कम्पनी नाफामा नै देखिएको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको मुनाफा ८ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म ३२ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको हो । यो गत आवको तुलनामा ५८.३९ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २५.९१ प्रतिशतले बढेर ७१ करोड ८ लाख, कुल खर्च ६२.०१ प्रतिशतले बढेर ७० करोड १२ लाख छ भने अभिकर्तालाई दिइने कमिशन बापतको रकम २२.७९ प्रतिशतले बढेर ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
प्रतिशेयर आम्दानी पनि १०.४६ रुपैयाँबाट घटेर ०.३९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७०.११ रुपैयाँ रहेको छ।
चु्क्ता पूँजी २ अर्ब ५८ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ११ करोड २४ लाख रुपैयाँ र जगेडा कोषमा ४१ लाख ७९ हजार रुपैयाँ सञ्चित रहेको छ।












