हिमालयन रि इन्स्योरेन्सको खुद नाफा ६४ करोड ७४ लाख, ईपीएससहित अन्य सूचक कस्ता ?

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा उल्लेख सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ६४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल ब्यवसाय ३१.३० प्रतिशतले बढेर ३ अर्ब २९ करोड १३ लाख र कुल आम्दानी २२.२६ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कुल खर्च ३१.०६ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.८६ रुपैयाँबाट बढेर ११.९२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५९.०२ रुपैयाँ रहेको छ ।
१० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब १९ करोड रुपैयाँ, महाविपत्ती कोषमा २३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।












