हाइड्रोपावरहरुमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२९ माघ २०८२, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३३७ वटा कम्पनीहरुको ११ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएको छ । जसमा अधिकांश हाइड्रोपावर कम्पनीहरुको सबैभन्दा बढी शेयर कारोबार भएको छ ।

बिहीबार ङादी ग्रुप पावरको ७० करोड ५३ लाख रुपैयाँ, एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँ, रिडी पावर कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँ र आँखुखोला पावर कम्पनीको ३९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*