बुद्धभूमि नेपालको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

१ फाल्गुन २०८२, शुक्रबार ०७:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बूक क्लोज गरेकोले शेयरमूल्य समायोजन गरिएको हो।

समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१३.१० रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको बिहीबारको अन्तिम मूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो। त्यस दिन कम्पनीको शेयर प्रतिकित्ता ५२६.२० रुपैयाँमा कायम भएको थियो।

अब यही समायोजित मूल्यलाई आधार मानेर सोमबार धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। आइतबार महाशिवरात्रि परेकाले त्यस दिन देशैभर सार्वजनिक बिदा रहेको छ।

कम्पनीले १ बराबर १ को अनुपात (१०० प्रतिशत) मा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बूक क्लोज समेत गरिसकेकोले अब कम्पनीले चाँडै हकप्रद शेयर निष्काशनको मिति तोक्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*