राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशमा माग्यो कर्मचारी (सूचना सहित)

१ फाल्गुन २०८२, शुक्रबार ०८:१४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ।

बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। यसका लागि कम्तीमा प्लस टू गरेको र लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ।

तोकिएको अन्य योग्यता भएको इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। लिखित परीक्षा लोक सेवा आयोगसँग समन्वय गरी सम्बन्धित प्रदेशका तोकिएको स्थानमा सञ्चालन गरिने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*