प्रधानमन्त्री सुशीला कार्की पाथीभरामा
१ फाल्गुन २०८२, शुक्रबार १२:३६

काठमाडौं । वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अनुगमन गर्न ताप्लेजुङ पुगेकी छन्।
बिहानै ताप्लेजुङको पाथीभरामा पुगेर प्रधानमन्त्री कार्कीले पाथीभरा माताको पूजा अर्चना समेत गरेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबूकमा “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट शुरूवात। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।” लेखेकी छन्।
प्रधानमन्त्री कार्कीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेटवार्ता गरी निर्वाचन लक्षित सुरक्षा र वातावरणको बारेमा थप बुझ्ने कार्यक्रम पनि रहेको छ।












