माओवादी जनयुद्धको तीन दशक पूरा

१ फाल्गुन २०८२, शुक्रबार १४:०१

काठमाडौं । विक्रम् सम्वत् २०५२ साल फागनु १ गतेदेखि शुरू भएको माओवादी जनयुद्धले आज तीन दशक पूरा गरेको छ। दशवर्षे जनयुद्ध र २०६२र०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रको खाका कोरेको थियो।

१० वर्षसम्म चलेको जनयुद्धमा करीब १७ हजारले ज्यान गुमाए भने कैयौं मानिसहरू बेपत्ता पारिए। जनयुद्ध र आन्दोलनबाट शान्ति वार्ता हुँदै राजनीतिमा उदाएको माओवादीले पटक–पटक सरकारको नेतृत्व गरे पनि शान्ति प्रक्रियाको काम अझैसम्म टुंगिन सकेको छैन।

२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा पहिलो दल बनेको माओवादीको त्यसयता भने जनमत निरन्तर रूपमा खस्किंदै गइरहेको छ। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा आइपुग्दा सम्म तेस्रो स्थानमा झरिसकेको माओवादी २०७९ को निर्वाचनमा ३२ सिटमा झरिसकेको छ।

विद्रोहको समयमा मजदूर, श्रमिक, किसान, महिला, आदिवासीरजनजाती, दलित आदिको राम्रो साथ पाएको माओवादीले सत्तामा पुगेपछि अपेक्षित काम गर्न नसकेपछि जनमत गुमाउँदै गएको हो।

वर्तमान परिस्थितमा जेनजी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको चर्को दबाब पुराना राजनीतिक दलहरूमा पर्यो तर माओवादीले त्यसलाई छल्न अन्य पार्टीहरूसँग गठबन्धन गरी ३० वर्षदेखि अँगालेको माओवाद विचारधारा, पार्टीको नाम चिन्ह सबै परिवर्तन गरिसकेका छन्। यसबाट चित्त नबुझाएका जनार्दन शर्मा, सुदन किराँती लगायतका नेताहरूले पार्टी परित्याग गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*