अमेरिकी पेस्तोल लिएर काठमाडौं छिर्न खोज्ने नागढुंगामा पक्राउ

१ फाल्गुन २०८२, शुक्रबार १४:१४

काठमाडौँ ।  चन्द्रागिरी नगरपालिका–२, नागढुंगाबाट एक जनालाई अमेरिकन पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका छन्।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल एक थान र चार राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*