सालपा विकास बैंकको आईपीओ सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

१ फाल्गुन २०८२, शुक्रबार १५:२७

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सो कम्पनीको ५२ लाख २३ हजार ८८० कित्ता शेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको सो आईपीओ अव सोमबारदेखि कारोबारमा आउने भएको छ । सो कम्पनीले सर्वसाधारण शेयरधनीको लागि ३३ प्रतिशत र संस्थापक शेयरधनीको लागि ६७ प्रतिशत शेयर सूचीकृत भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*