नेप्सेमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

१ फाल्गुन २०८२, शुक्रबार १५:२८

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत भएको छ । लामो समयपछि कम्पनीको आईपीओ शुक्रबार सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको १९ लाख २६ हजार ६०० कित्ता र संस्थाप शेयरधनीहरुले लगानी गरेको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता गरी १ करोड ९० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयर आगामी फागुन ४ गते देखि दोस्रो बाजारमा कारोबारका लागि खुल्नेछ ।

यस अघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने गरेकोमा अहिले त्यसलाई परिमार्जन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको छ। कम्पनीको ओपनिङ रेञ्ज न्यूनतम १०० देखि अधिकतम ३०० सम्म हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*