इनड्राइभको प्लाटिनम ड्राइभरर्स गिभअवे क्याम्पेन सम्पन्न, एक–एक जनाले पाए कार र मोटरसाइकल

१ फाल्गुन २०८२, शुक्रबार १५:५१

काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आफ्नो बहुप्रतिक्षित ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सम्पन्न गरेको छ । काठमाडौंको गैरीधारामा एक भव्य कार्यक्रमको आयोजना गरी शुक्रबार विजेता राइडरहरुलाई गिभअवे वितरण गरेको हो । ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यो क्याम्पेन सुरु भएको थियो, जसमा नेपालभरीका इनड्राइभ ड्राइभरहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

शुक्रबार आयोजित कार्यक्रममा १० जना राइडरहरुलाई रेड्मी ब्राण्डको मोबाईल, एक जना राइडरलाई मोटर साइकल र एक जनालाई ट्याक्सी वितरण गरेको छ । यो गिभअवे क्याम्पेनले ड्राइभरहरूको सहभागिता प्रोत्साहन गर्ने, ब्रान्डप्रति विश्वास बढाउने, र इनड्राइभको ड्राइभर समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ । स्मार्टफोन, स्मार्टवाच, पावर बैंक जस्ता प्रविधिमैत्री पुरस्कारमार्फत यो क्याम्पेनले ड्राइभरहरूको अनुभवलाई थप समृद्ध बनाउने प्रयास गरेको छ ।

इनड्राइभ नेपालका ड्राइभर अपरेशन्स स्पेसलिस्ट, सुनिता जिमी राईले आगामी योजनाहरू प्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘यो सुरुवात मात्र हो । हामी हाम्रो ड्राइभर पार्टनरहरूका लागि अझ रोचक र पुरस्कारयुक्त क्याम्पेनहरू ल्याउने प्रतिवद्धता लिएका छौँ । हाम्रो उद्देश्य भनेको ड्राइभर कम्युनिटीलाई अझैँ शसक्त बनाउँदै थप आर्जनको अवसर सिर्जना गर्नु हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*