अर्को साता शेयर बजार दुई दिन मात्रै खुला रहने
१ फाल्गुन २०८२, शुक्रबार १७:१६

काठमाडौँ । अर्को साता (फागुन ३–९गते) शेयर बजार २ दिन मात्रै खुला हुने भएको छ । बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो ।
५ दिन कारोबार हुने भए पनि अर्को साता तीन दिन सार्वजनिक बिदा परेको छ । जस कारण २ दिन मात्रै शेयर बजार खुला रहने छ ।
फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवस परेका कारण ती दिन शेयर बजार बन्द रहनेछ।












