आईपीओ प्रस्तावसहित हिमाली हाईड्रो फण्डको चौथों वार्षिक सभा आह्वान

३ फाल्गुन २०८२, आईतवार १०:४८

काठमाडौं । हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न चौथो साधारण सभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा फागुन २४ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत आईपीओ निष्काशन गर्ने, आईपीओसँग सम्बन्धित कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु सार्वजनिक गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*