एसियन स्मार्ट एग्रोको विशेष साधारण सभा सम्पन्न

काठमाडौँ । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा केन्द्रीय कार्यालय लहान, सिराहामा फागुन २ गते विशेष साधारण सभा सम्पन्न भएको हो ।
उक्त विशेष साधारण सभामा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सञ्चालक र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गरेका थिए ।
विशेष साधारण सभाको विशेष प्रस्तावहरुमा सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको अधिकृत र जारी पुँजी बृद्धि गरी अधिकृत पुँजी रु. ५० करोड र जारी पुँजी रु. ३५ करोड पु¥याउने, शेयर पुँजीको आधारमा प्रबन्धपत्र संशोधन गर्ने, संस्थाको प्रबन्धपत्रको संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विशेष साधारण सभाको माइन्युटमा हस्ताक्षर गर्ने अख्यितारी संस्थाको अध्यक्ष र शेयरधनी रामपुजन रायलाई दिने निर्णय गरेको थियो ।












