उज्यालो नेपाल पाटीले गर्‍यो घोषणापत्र सार्वजनिक, उर्जाबारे के छ प्रतिवद्धता (पूर्णपाठ)

३ फाल्गुन २०८२, आईतवार १५:१२

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजित गरी घोषणापत्र सार्वजनिक गरेको हो ।

पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ । पार्टीले शासकीय सुधारअन्तर्गत प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेको छ ।

त्यस्तै, राज्यको खर्च कटौती गर्न सङ्घीय सांसदको सङ्ख्या २७५ बाट २०१ र प्रदेश सांसदको सङ्ख्या ५५० बाट ३३० मा झार्ने तथा मन्त्रालयको सङ्ख्यासमेत भारी कटौती गर्ने प्रस्ताव गरेको छ ।

आर्थिक र सामाजिक क्षेत्रतर्फ पार्टीले महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत हरेक घरपरिवारलाई जलविद्युत् आयोजनाको कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमै उपलब्ध गराउने बाचा गरिएको छ ।

त्यस्तै, विश्वविद्यालय तहसम्मको शिक्षा र तोकिएको स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार निःशुल्क गर्ने, विद्यार्थीलाई ‘कमाउँदै पढ्दै’ नीतिअन्तर्गत इन्टर्नसिपको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।

Master-Press-Note-15-February-2026

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*