आधुनिक फिचर र दमदार प्रदर्शनसहित बजाजको अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

काठमाडौँ । बजाज नेपालले अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० औपचारिक रूपमा सार्वजनिक गरेको छ। फागुन १ गते काठमाडौँस्थित बाइकर्स क्याफेमा आयोजित विशेष कार्यक्रमबीच राइडरहरू, इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा नयाँ डोमिनार ४०० लन्च गरिएको हो।
लन्च कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० का नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिनुका साथै यसको क्षमता र प्रदर्शन झल्किने ‘मनाङ एक्सप्लोरर राइड’को प्रिमियर पनि गरिएको थियो। सो प्रिमियरमार्फत लामो दूरी यात्रा र कठिन भूगोलमा बाइकको सशक्त प्रदर्शन क्षमता देखाइँदा उपस्थित दर्शकहरूबाट उत्साहजनक तथा सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ।
नयाँ डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायरसहित चारवटा राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभर तथा हजार्ड लाइट प्रणालीजस्ता अत्याधुनिक प्रविधि समावेश गरिएको छ। यी फिचरहरूले सुरक्षा मापदण्डलाई मजबुत बनाउनुका साथै समग्र राइडिङ अनुभवलाई थप सहज र प्रिमियम बनाउने विश्वास कम्पनीको छ।
उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाबीच सम्पन्न लन्च कार्यक्रमले आधुनिक प्रविधि र प्रदर्शन–केन्द्रित मोटरसाइकल उपलब्ध गराउने बजाज नेपालको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।
सार्वजनिकरणपछि ग्राहकहरूले फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने टेस्ट राइड कार्यक्रममार्फत अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० लाई नजिकबाट अनुभव गर्न सक्नेछन्।












