कालीमाटीमा तरकारीः गोलभेंडा ३०, काउली ३५ रुपैयाँ किलो

४ फाल्गुन २०८२, सोमबार ०७:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

सो अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, लोकल घिउ सिमी १०० रुपैयाँ, तीते करेला २०० रुपैयाँ, घिरौला १४० रुपैयाँ र हरियो फर्सी २५ रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।

त्यसैगरी पाकेको फर्सी ५५ रुपैयाँ, भिण्डी १२० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ, रायोको साग २५ रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, बकुला ६० रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ, सुकेको नेपाली लसुन २४० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ निर्धारण गरिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*