माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति, लाभांशदर कति ?
४ फाल्गुन २०८२, सोमबार १६:५३

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न स्वीकृति दिएको हो ।
अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्नेछ । बैंकले यो अग्राधिकार शेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ ।
बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।












